काठमाडाैं । बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो ।
दोलखामा प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणनाका क्रममा कुल खसेको मत नपुगेपछि मतगणना राेकिएकाे हाे ।
कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १५० मत नभेटेपछि मतगणना राेकिएको जिल्ला निर्वाचन कार्यालय दाेलखाले जनाएकाे छ ।
दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।
Leave a Reply