Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आफ्नै घरको छतबाट खसेर भक्तपुरमा १७ वर्षीय युवकको मृत्यु

    आफ्नै घरको छतबाट खसेर भक्तपुरमा १७ वर्षीय युवकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 849
    SHARES

    फाइल तस्विर

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एकजनाको युवकको ज्यान गएको छ ।

    मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनका १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।



    घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए ।



    घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार