धनुषा । धनुषामा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ भने अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् ।
बिहीबार राति साढे ८ बजेको समयमा दुई परिवारको विवादमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै प्रभु यादवको भृत्यु भएको हो ।
घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।
उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
Leave a Reply