Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

    एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 924
    SHARES

    काठमाडौं । प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई पक्राउ गरेको हो।



    पक्राउ परेका तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा संग्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    तामाङ यसअघि विसं २०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा २५ लाख धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ,

    २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट १८ लाख धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट रु तीन लाख धरौटीमा छुटेका व्यक्ति हुन् ।

    प्रहरीले पक्राउ तामाङसँग एक हजार दरको नोट चार सय नौ थान, पाँच सय दरको नोट ८० थान, एक सय दरको नोट एक सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट तीन सय ५० थान, १० दरको नोट चास सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ।

    पक्राउ तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार