Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • धनगढीमा निषेधाज्ञा तोडेर प्रदर्शन, केही विद्यार्थी पक्राउ

    धनगढीमा निषेधाज्ञा तोडेर प्रदर्शन, केही विद्यार्थी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 837
    SHARES

    धनगढी । धनगढीमा ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलन आज पनि विद्यार्थीले जारी राखेका छन् ।

    धनगढी उपमहानगरपालिकाको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो ।



    विद्यार्थीहरुले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।धनगढी स्थित पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्ययन गरिरहेकी साउदलाई साइलमा विद्यालय जाँदै गर्दा ग्रेडरले ठक्कर दिएको थियो।



    जिल्ला प्रशासन कार्यालयले हिजो साझ देखि अर्को सूचना जारी नहुदा सम्मको लागि निषेधाज्ञा लगाएको छ । विद्यार्थीले निषेधाज्ञामै आन्दोलन गरिरहेका छन् ।

    आन्दोलनकै क्रममा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएको छ । भने केही विद्यार्थी पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार