Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • स्रोत नखुलेको झण्डै साढे ११ लाख रुपैयाँसहित दुईजना पक्राउ

    स्रोत नखुलेको झण्डै साढे ११ लाख रुपैयाँसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 777
    SHARES

    रौतहट । रौतहटबाट स्रोत नखुलेको ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षीय राजु कुमार यादव र वडा नम्बर ९ बरियारपुर बस्ने ३३ वर्षीय राजेश प्रसाद यादवलाई पक्राउ गरेको हो ।



    उनीहरुलाई गौर नगरपालिका ५ स्थित बरहवा पुल इलाकाबाट बुधबार पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको बताइएको छ ।



    उनीहरूलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार