काठमाडौं । काठमाठौंमा रात्रिकालिन व्यवसाय सञ्चालनका लागि नयाँ समय तालिका सार्वजनिक गरिएको छ ।
मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रात्रिकालिन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो।
बैठकले रेस्टुरेन्टहरु राति १२ बजेसम्म सन्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै, डान्स दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सन्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।
मदिराजन्य पसलहरु भने राति १० बजेसम्म मात्र खोल्न पाइने छ । रात्रिकालिन व्यवसायलाई समयबद्ध रुपमा सञ्चालन गर्नेगरी यस्तो व्यवस्था मिलाएको जनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
Leave a Reply