Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बालिकाको मृत्युपछि धनगढीमा तनाव, प्रहरीद्वारा ६ राउन्ड अश्रुग्यास प्रहार

    बालिकाको मृत्युपछि धनगढीमा तनाव, प्रहरीद्वारा ६ राउन्ड अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 846
    SHARES

    धनगढी । ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न भएको छ।

    धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै आज बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।



    उक्त विद्यालयका विद्यार्थीले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका छन्। उनीहरूले धनगढी बजारका विभिन्न ठाउमा टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्।



    जिल्ला प्रहरी कार्यालयको गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले ६ राउन्ड अश्रुग्यास हानेको छ।

    आज बिहान हसनपुर पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिँदा धनगढी उपमहानगरपालिका-५ तारानगरकी साउदको मृत्यु भएको थियो।

    चालक चितवन भरतपुर महानगरपालिका २८ वर्षीय बिमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिलेसम्म शव उठाइएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार