Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • न्युरोडका आधा दर्जन कपडा गोदामघरमा राजस्व र प्रहरीको छापा, सञ्चालक फरार

    न्युरोडका आधा दर्जन कपडा गोदामघरमा राजस्व र प्रहरीको छापा, सञ्चालक फरार

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 789
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभाग र प्रहरीले न्युरोडका कपडा गोदामहरुमा छापा मारेको छ ।

    राजस्व छलीको आरोपमा गोदाममा छापा मारेर त्यहाँ काम गर्ने केही कर्मचारीलाई विभाग र प्रहरीको टोलीले पक्राउ गरिएको हो ।



    गोदामका सञ्चालक अनिल अग्रवाल र गिरिधारी अग्रवाल सम्पर्कविहीन बनेका हुन् ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, राजीव अनुसन्धान विभाग र जनसेवा प्रहरीको संयुक्त टोली गोदाममा छापा मार्न बिहीबार मध्याह्नतिर न्युरोड पुगेका थिए ।

    गोदाम सञ्चालकको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । आधा दर्जनजति राजस्व छली गरेर ल्याइएका कपडा गोदाममा लुकाएर राख्ने र त्यहीबाट बजारमा पठाउने गरेको पाइएपछि राजस्वले अनुसन्धान अघि बढाएको थियो ।

    राजस्व छलीका कपडाको लगत संकलन भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार