Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री गगन थापा भन्छन् - पैसा बाँड्ने कुरामा दलहरूबीच प्रतिस्पर्धा भइरहेको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पैसा बाँड्ने कुरामा दलहरूबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् ।

बिहीबार आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले भने, ‘मलाई त अब प्रतिस्पर्धाका बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ ।

प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, म जस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु ?

कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो । भाष्य नै हामीले गलत बनाएका छौँ ।

माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ । स्थानीय सरकारमा पनि प्रतिस्पर्धा छ । कसले कति बाँड्ने भन्ने प्रतिस्पर्धा छ । हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौँ।’

उनले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्धभत्तालाई छिटो-छिटो दिने निर्णय गरिहरेको बताए ।

उनले राजनीतिक दलहरुले अबका दिनमा ५० वर्षमा नै वृद्धभत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिस्पर्धा चलिरहेको बताए ।

पछिल्लो समय स्थानीय तहमा समेत कसले धेरै पैसा बाँड्ने भन्ने प्रतिस्पर्धा भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077