Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस वरिष्ठ नेता पौडेलले भने - प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वाभाविक हो

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको बताए।

उनले भने,‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरुबीच सल्लाह हुँदैछ। म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो। अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो।’

पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए। पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ।

उनले भने,‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ। तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो।’

टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए। युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077