Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सत्तापक्षले गरेको धाँधलीलाई आयोगले वैधता दिएको शंकर पोखरेलको आरोप

    सत्तापक्षले गरेको धाँधलीलाई आयोगले वैधता दिएको शंकर पोखरेलको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 747
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधली गरेको आरोप लगाएका छन् ।

    उनले स्याङ्जा र बाजुरामा स्थगित भएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिएकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् ।



    उनले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाए । स्याङ्जा र बाजुरमा एमालेले पुनः मतदान गर्न माग गरेको थियो । तर आयोगको बुधबार बसेको बैठकले मतगणना अघि बढाउने निर्देशन दिएको थियो ।



    पोखरेलले फेसबुकमार्फत असन्तुष्टि पोख्दै भनेका छन्,‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ आयोगको निर्देशनपछि स्याङ्जामा हिजैदेखि मतगणना सुरु भएको छ।

    बाजुरामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अपरान्ह सर्वदलीय बैठक बोलाएको थियो । तर, एमाले प्रतिनिधि उपस्थित नभएपछि बैठक निष्कर्षविहीन भएको थियो । आज पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार