सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई पछाडि पार्दै कार्कीले चार मतले अग्रता लिएका हुन् ।
ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ७३ मत ल्याउँदा एमालेका कुसियैतले ३० हजार ६९ मत प्राप्त गरे ।
उनीहरुबीच कडा टक्कर देखिएको छ । यसभन्दा अघिको मतपरिणाममा एमालेका कुसियैत अगाडि थिए ।
Leave a Reply