सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
पछिल्लो मतगणनाअनुसार एमालेका जगदीशप्रसाद कुसियैतले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँगको मतान्तर घटाएका छन् ।
कार्कीले २७ हजार ८९८ मत ल्याएका छन् । यस्तै कुसियैतले २७ हजार ८२५ मत प्राप्त गरे ।
योसँगै कार्की र कुसियैतबीचको मतान्तर ७३ मा झरेको छ ।
Leave a Reply