Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • ‘गुनासो एप’ लाई सञ्चालनमा ल्याउने प्रदीप पौडेलको घोषणा

    ‘गुनासो एप’ लाई सञ्चालनमा ल्याउने प्रदीप पौडेलको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 858
    SHARES

    काडमाडौं ।नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारले निर्वाचनका क्रममा पेश गरेका एजेण्डा र प्रतिबद्धतालाई साझा मुद्दा बनाइने बताएका छन् ।

    सोही अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बनेका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको ‘गुनासो एप’ लाई सुविधा थपेर सञ्चालन गर्ने पौडेलले घोषणा गरेका हुन् ।



    पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाउनु भएको गुनासो एप र मैले घोषणा गरेको सांसदसँग डिजिटल कनेक्टिभिटी एपको कन्सेप्ट मिल्दोजुल्दो भएकाले गुनासो एपलाई सुशान्तजी र मेरो सचिवालयले थप सुविधा थपेर संचालनमा ल्याउने निधो पनि गरियो ।’



    पौडेलले मंसिर ४ मा सम्पन्न निर्वाचनको दौरानमा उम्मेदवारहरुले पेश गरेका प्रतिबद्धता र एजेण्डाहरु निर्वाचन क्षेत्र र राष्ट्र विकासका लागि

    भएको भन्दै सबैले पेस गरेका एजेण्डाहरुलाई साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्ने आफूहरुको उद्देश्य भएको पौडेलको भनाइ छ ।

    त्यसका लागि आफूले प्रतिस्पर्धी उम्मेदवार छलफल सुरु गरेको पनि पौडेलले बताए । पौडेल प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका हुन् ।

    काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित २९ उम्मेदवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार