Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • हवाई सुरक्षा परीक्षणका लागि ईयूको प्राविधिक टोली पुनः नेपाल आउने

    हवाई सुरक्षा परीक्षणका लागि ईयूको प्राविधिक टोली पुनः नेपाल आउने

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली वायुसेवालाई एभिएसन सेफ्टी लिस्ट (सुरक्षा सूची) मा राख्दै आएको युरोपेली सङ्घ (ईयू) को प्राविधिक टोली पुनः नेपाल आउने भएको छ ।

    ईयूले पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयूमातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउन लागेको हो ।



    नेपालको उड्डयन क्षेत्रको स्थलगत अध्ययन गर्न ईयूको ‘टेक्निकल को–अपरेसन टिम’ यसअघि असोज २० गते नेपाल आएको थियो ।



    स्थलगत अध्ययनमा आएको उक्त टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको थियो ।

    स्थलगत मूल्याङ्कन भ्रमणका लागि पुनः दुई महिनाभित्र ईयूको टोली नेपाल आउन लागेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार