Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • वरिष्ठ नायव निरीक्षक उमेश कोइराला बने बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

    वरिष्ठ नायव निरीक्षक उमेश कोइराला बने बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 981
    SHARES

    बागमती । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइराला सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।

    प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंगलबार एक समारोहकाबीच प्रदेश प्रहरी प्रमुख (डीआइजी) किरण बज्राचार्यले कोइरालालाई सम्मान पत्रसहित कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।



    आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन गरेकाले कोइरालालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कोइरालाले निर्वाचनमा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।



    वरिष्ठ नायव निरीक्षक कोइरालालाई महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९ बमोजिम सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रदेशभरको प्रहरी जनशक्ति म्यादी प्रहरी व्यवस्थापन, हातहतियार, संचार साधन र सवारी साधनको योजना अनुसार तयार केन्द्रिय निर्वाचन सेलसंग आवश्यक समन्वय गरी समयमै अपुग जनशक्ति र गर्नुको साथै निर्वाचनसंग सम्बद्ध अभिलेखहरु दुरुस्त ढंगले तयार गरी नियमित रुपमा सम्भावित सुरक्षा चुनौतिको विश्लेषण एवं प्रतिवेदनद्वारा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रदेश निर्वाचन सेलमा रहि सक्रिय सहयोगीको भूमिका निर्वाह गरेको सम्मान पत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार