Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब युवाको नेतृत्व चाहिन्छ, देश हामी चलाउँछौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन् ।

मङ्गलवार संसदीय दलको नेताका लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाको नेतृत्व देशलाई आवश्यक भएको बताए ।

कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनको भनाई छ । उनले पार्टीका अन्य नेताले प्रधानमन्त्रीका लागि दाबी गर्ने कुरालाई स्वाभाविकरूपमा लिनुपर्ने बताए ।

यस्तै महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न धेरैजसो नेताहरूको साथ आफूलाई रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077