सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।
चौधरीले ४० हजार ७ सय ८८ मत ल्याइन् । उनका प्रत्यासी पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले ३५ हजार ६ सय मत ल्याए ।
यसअघि २०७४ सालको निर्वाचनमा गच्छदारले चौधरीलाई ३ सय ८१ मतले पराजित गर्दै निर्वाचित भएका थिए ।
Leave a Reply