Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सर्वोच्चको आदेश – थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउनू

    सर्वोच्चको आदेश – थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउनू

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 771
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले थारू समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश दिएको छ ।

    न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासले आइतबार गरेको आदेशमा गत कात्तिक २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गर्दै उक्त आरक्षणको नछुट्याउन आदेश गरेको हो ।



    ‘अन्तरिम आदेश कायम राख्दा मुलुकको सार्वजनिक सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट गत कात्तिक २० मा जारी भएको अन्तरिम आदेश कायम रहनु वाञ्छनीय नहुँदा उक्त मितिको अन्तरिम आदेश रद्द गरिएको छ,’ आदेशमा उल्लेख छ ।



    आदेशमा प्रतिनिधित्व सुनिश्चिततामा विविधतामा कलष्टर छुट्याएको पदलाई सय प्रतिशत मान्दा थारू समुदायका लागि ६ दशमलव ६ प्रतिशत छुट्याउन नसक्ने उल्लेख छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तर्फबाट सचिव मधुकुमार मरासिनीले थारू कल्याणकारिणी सभाको केन्द्रीय महामन्त्री प्रेमीलालप्रसाद चौधरीविरुद्धको निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार