Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘न्याय चाहियो’ भन्दै सर्वोच्चको गेटमा प्रदर्शन गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारबादी हुन् ।

बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077