Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बंलादेशले लगायो विलासी वस्तु आयातमा रोक

    बंलादेशले लगायो विलासी वस्तु आयातमा रोक

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 837
    SHARES

    एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तु आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

    बंगलादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उनले सो निर्देशन दिएकी हुन्। यद्यपि उनले थप अत्यावश्यक वस्तु आयात गर्नुपर्नेमा भने जोड दिएकी छन्।



    प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गरेकी थिइन्।



    बंगलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४।१० अर्ब अमेरिकी डलर पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार