सुनसरी । सुनसरी-४ मा रोकिएको मतगणना मंगलबारदेखि पुनः सुरु हुने भएको छ।
मुख्य निर्वाचन अधिकृतका कार्यालयका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना अघि बढाइने भएको हो ।
प्रतिनिधि सभाका लागि कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगमा मतगणना रोक्न निवेदन दिएपछि शनिबारदेखि मतगणना रोकिएको छ।
निर्वाचन आयोगको निर्देशन अनुसार आजदेखि रोकिएको मतगणना सुरु हुने भएको छ। मन्त्री कार्कीले ६०६ मत गडबड भएको भन्दै पुनस् मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए।
तर निर्वाचन आयोगले भने पुनः मतगणना गर्ने नभइ बाँकी रहेको मतगणना मात्र गर्न निर्देशन दिएको छ ।
Leave a Reply