Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगनलाई राठौरको 'काउन्टर', भने - म पनि प्रधानमन्त्रीका लागि तयार छु

बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले आफू प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको दाबी गरेका छन् । प्रतिनिधिसभा बाँके क्षेत्र नम्बर ३ बाट विजयी भएपछि पहिलोपटक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबेदारी पेस गरिरहदा सहमहामन्त्री सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागि सक्षम रहेको बताए । महामन्त्री थापालाई संगठन बनाउनका लागि मत दिएको विर्सन नहुने बताउँदै उनले प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाव दिए ।

‘क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागी मत दिएको विर्सनुहुँदैन। प्रधानमन्त्रीको दावी भन्दा उहाँले ५ वर्ष पार्टी संगठन गर्नुपर्छ,’ राठौरले भने । साथै उनले पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्नु अप्राकृतिक हुने समेत बताए ।

पार्टी र सत्तागठबन्धन दलबीच छलफल नै नगरी प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु असान्दर्भिक हुने उनको भनाई छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले भने, ‘महामन्त्रीद्वयजस्तै म पनि युवा हुँ। अझ उहाँहरूभन्दा म सिनियर पनि हुँ। निर्वाचनको मतपरिणाम नआउँदै प्रधानमन्त्रीको दाबी गर्दै हिँड्न सुहाउँदैन। यो सरासर गलत छ।’ पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्ने कार्य अनुशासनभित्र नपर्ने सहमहामन्त्री राठौरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077