काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले थापाथलीका सुकुम्बासी बस्तीमा भएको बल प्रयोगबारे आपत्ति जनाएकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन्।
‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्छ,’ उनले भनेकी छन्।
सोमबार दिउँसो सुकुम्बासीको घरटहरा गर्न गएकामाथि सुकुम्बासीले आक्रमण गरेका छन् । कुनै विकल्प नदिई घरटहरा हटाउन लागेको भन्दै सुकुम्बासीहरूले करिडोर र प्रसूतिगृह छेउमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
Leave a Reply