Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थापाथलीका सुकुम्बासीले गरे घरेलु हतियार प्रदर्शन, मेयर बालेनविरुद्ध नाराबाजी

काठमाडौं । थापाथलीस्थित बस्ती हटाउन खोजेपछि सुकुम्बासी र प्रहरीबीच झडप हुँदा काठमाडौं महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेको टाउकोमा चोट लागेको छ ।

सुकुम्बासीहरु हँसिया, लाठीलगायतका घरेलु हतियार बोकेर प्रदर्शनमा उत्रिएका छन्। स्थानीयले बैकल्पिक व्यवस्थाविना सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवरोध सिर्जना गरेका हुन् ।

अहिले यो क्षेत्रमा सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध नाराबाजी भइरहेको छ ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077