काठमाडौं । नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् ।
निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।
ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् ।
क्षेत्र नं. ३ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पनि पराजित भएका थिए ।