Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • हार्ने निश्चित भएपछि सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारेको एमालेका उम्मेदवारको आरोप

    हार्ने निश्चित भएपछि सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारेको एमालेका उम्मेदवारको आरोप

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 801
    SHARES

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका नेकपा (एमाले) का जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन् ।

    मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर थियो ।



    उनले भने, ‘ एमालेले स्पष्ट के भनेको छ भने कानुनमा के भन्छ ? जो मतगणना भयो । त्यसलाई छोडौँ । बाँकि रहेको मतगणना शुरु गरौं । उहाँले सायद मानसिक रुपमा हार स्वीकार गरी सक्नुभएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नुभएको मात्रै हो ।’



    सञ्चारमन्त्री कार्कीले शनिवार अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आइतवार (आज बिहान) सर्वदलीय बैठक बोलाएको थियो ।

    बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार