धनकुटा । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट ११ जना उमेदवारको जमानत जफत भएको छ ।
जमानत जफत हुने उमेदवारमध्ये प्रतिनिधिसभातर्फ पाँचजना र प्रदेशसभातर्फ ६ जना रहेका छन् ।
प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रदेशसभा ‘क’ मा एकजना र प्रदेश सभा ‘ख’ तर्फ पाँचजनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
गत निर्वाचनमा प्रतिनिधिसभामा सात, प्रदेशसभा ‘क’ मा चार र ‘ख’मा सात गरी १८ जना उमेदवार थिए ।
प्रतिनिधिसभातर्फ जमानत जफत हुनेमा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उमेदवारी दिएका हेमराज भण्डारी (५९२६), राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा (१०५९), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बु (६२५), मंगोल नेसनल अर्गनाइजेसनका विश्वमित्र लावती (२१७) र एकीकृत शक्ति नेपालका रमेश (राई ९५) छन् ।
Leave a Reply