Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुनसरी–४ मा रोकिएको मतगणना अझै सुरु भएन, सर्वदलीय बैठक सुरु

    सुनसरी–४ मा रोकिएको मतगणना अझै सुरु भएन, सर्वदलीय बैठक सुरु

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 783
    SHARES

    विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ मा स्थगित मतगणना सुचारू गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरू भएको छ ।

    सुनसरीको इनरुवास्थित भगवती माविको मतगणनास्थलमै बैठक सुरु भएको हो ।  त्यहाँ शनिबार अपराह्नदेखि मतगणना रोकिएको छ ।



    मुख्य निर्वाचन अधिकृतको कार्यालयको आह्वानमा जारी बैठकमा सो क्षेत्रका उमेदवार, राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृतलगायत व्यक्ति सहभागी छन् ।



    यो क्षेत्र कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र हो ।

    मतगणनाका क्रममा राजनीतिक दलहरुबीच विवाद भएपछि मतगणना कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार