Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तेह्रथुममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा फेदाप गाउँपालिका–२ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्र बहादुर लिम्बुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङस्थित दशगते पार्कमा को २१ प ४२२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकको पिलरमा ठोक्किँदा उनको मृत्यु हो ।

उनको उपचारका लागि धरान लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077