सुनसरी । सुनसरी-३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायमै राखेकी छन् ।
पछिल्लो मतपरिणामअनुसार उनले २१ हजार ८११ मत ल्याउँदै अग्रता कायमै राखेकी हुन् ।
चौधरीलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १६ हजार ९६० मत पाए । नी चौधरीभन्दा ४ हजार ८५१ मतले पछाडि छन् ।
त्यस्तै, सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ५ हजार ८४० मत पाएर तेस्रो स्थानमा छन् ।
Leave a Reply