काठमाडौं । फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ । शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् ।
ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्। फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
आज हुने दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । शनिबार हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहेको छ । डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।
आज हुने अन्तिम तथा चौथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ
Leave a Reply