सप्तरी । सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् ।
जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवलाई पराजित गर्दै चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् ।
चौधरीले २३ हजार ४९१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका यादवले १७ हजार ८७७ मत पाए ।
२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थालेका चौधरीले २०७० र २०७४ को चुनाव पनि जितेका थिए।
Leave a Reply