सिरहा । सिरहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव विजयी भएका छन् ।
यादवले नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् ।
राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत ल्याइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ ।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भए ।
Leave a Reply