Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बन्ने यात्रामा आफूलाई अब कसैले रोक्न सक्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेताका लागि तयारी गरिरहेको र प्रधानमन्त्री बन्नका लागि अघि बढेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री बन्ने यात्रामा आफूलाई अब कसैले रोक्न नसक्ने बताएका हुन् ।

अन्तिम चुनावी परिणाम नआइसक्दै थापाले संसदीय दलको नेता हुन चुनाव लड्ने तयारीमा छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरसहित थापा सांसद चुनिएका थिए ।

पूर्ण रूपमा मतपरिणाम आइसकेपछि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालाको घरमा पुगेर संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गर्ने उनको भनाई छ ।

उनले अब कांग्रेसमा आफूहरू सरकार चलाउन तयार भइसकेकोले सभापतिलगायत नेतालाई बाध्यता नरहेको पनि थापाको दाबी छ।

‘कांग्रेसले सरकार चलाउँदै गर्दा उहाँहरू (सभापति देउवालगायत) ले नै सरकार चलाउनुपर्ने बाध्यता छैन किनकी हामीहरू तयार भइसक्यौं,’ थापाले भने, ‘उहाँहरू अब ढुक्क भएर बस्दा हुन्छ। म सभापति र वरिष्ठ नेतालाई भेटेर तपाईंहरू विश्राम गरिदिनुस् भन्छु।’

घरमा आफूभन्दा कान्छो सदस्य तयार भइसकेपछि अभिभावकहरूले ढुक्कले बस्दा हुने बताउँदै थापाले उनीहरूले विश्राम गर्नु पर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077