धनगढी । कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका छन् ।
चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका हुन् ।
चौधरीले २१ हजार ८७१ मत ल्याएका छन् भने एमालेका रावलले १६ हजार १२८ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १५ हजार ११६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिहं वि.सि 'बुढाक्षेत्री'ले २ हजार ७८४, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले ३१५ मत पाएका छन् ।