Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनैतिक दलहरुप्रति बितृष्णा बढ्नु राम्रो होइन : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ प्रतिनिधिसभा क्षेत्र नं ६ बाट निर्वाचित डा.शेखर कोइरालाले संसदीय दलको नेता बन्न आफूले हतार नगर्ने बताएका छन्।

निर्वाचित घोषणा भएपछि प्रमाणपत्र लिन विराटनगरस्थित आर्दश माविमा रहेको निर्वाचन अधिकृतको कार्यालय आएका नेता कोइरालाले पत्रकारहरुसँग बोल्दै यस्तो बताएका हुन् ।

उनले देशभरबाट परिणाम आउन बाँकी नै रहेकाले संसदीय दलको नेता बन्ने–नबन्ने भन्नेबारे बोल्न हतार नगर्ने स्पष्ट पारे।

उनले भने,‘कसले कहाँ के भन्छ भन्ने कुराको अर्थ हुँदैन। म चाहिँ अहिले नै हतार गर्दिन। काठमाडौं पुगेर सभापतिलाई भेटछु अनि सबै साथीहरुसँग सरसल्लाह गरेर मात्रै निर्णय लिन्छु ।’

निर्वाचनपछि पनि बाम–लोकतान्त्रिक गठबन्धन कायमै रहने र सरकार पनि बनाउने नेता कोइरालाले दाबी गरे। उनले भने, ‘राजनैतिक दलहरुप्रति बितृष्णा बढ्नु राम्रो होइन। यसैले अब सुशासन दिन लागिपर्नु पर्छ।’

दण्डहिनता कम गरेर नागरिकलाई सुशासन दिन नसक्दा दलहरुप्रति वितृष्णा बढेको उल्लेख गर्दै उनले दलहरु जिम्मेवार हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077