Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनको नतिजाले देशमा थप अस्थिरताको संकेत ल्यायो : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वमा लैजाने प्रयास असफल भएको बताए छन् ।

पोखरेलले शुक्रबार बिहान दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । मतदातालाई धन्यवाद दिने क्रममा पोखरेलले निर्वाचन नतिजाले देशमा थप अस्थिरताको संकेत गरेको बताए ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी नेता रेखा शर्मासँग पराजित भएपछि पोखरेलले निर्वाचनको समग्र समीक्षा

आफ्नो पराजयलाई मुलुकको राजनीति र पार्टी थप सुदृढ बनाउने अवसरका रूपमा लिएको बताए । अब आफ्नो ध्यान स्थिर राजनीतितर्फ केन्द्रीत हुने उनको भनाइ थियो ।

दाङ-२ बाट सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी थिइन् भने एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए ।

शर्माले १ सय ९६ मतान्तरले पोख्रेललाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077