Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बाजुरामा स्थगित मतदान शनिवार हुँदै

    बाजुरामा स्थगित मतदान शनिवार हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 915
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बाजुरामा स्थगन भएको मतदान भोलि (शनिवार) लाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

    मतदान भइरहेको समयमा त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको थियो ।



    त्यसपछि भएको अर्को घटनामा घाइते भएका स्थानीय चेतन ऐडीको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मतदान कार्य स्थगित भएको थियो ।



    त्यस्तै,  दोलखा र स्याङ्जा क्षेत्र नं २ मा भएको विवादको छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    दोलखा र स्याङ्जा २ मा मतदानमा बुथ कब्जा भएको आरोपसहित निर्वाचन आयोगमा निवेदन परेर मतगणना रोकिएको छ ।

    दोलखा र स्याङ्जा क्षेत्र नं २ मा गठबन्धन पक्षले बुथ कब्जा गरी मत खसालेको भन्दै प्रतिस्पर्धी उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार