काठमाडौं । इलाम क्षेत्र नं १ मा एकीकृत समाजवादीका नेता झलनाथ खनाल १,५४६ मतले पछि परेका छन्।
पछिल्लो मत परिणामअनुसार त्यहाँ नेकपा एमालेका नेता महेश बस्नेतले ११ हजार ३९४ मतसहित अग्रता बनाइरहेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनाललाई शुरुदेखि नै पछि पार्दै बस्नेतले अहिले १,५४६ मतको अग्रता बनाएका हुन् ।
मतगणनास्थलमा रहेका युवा संघका स्थायी कमिटी सदस्य निरोज पौडेलका अनुसार विवादपछि रोकिएको मतगणनाले फेरि गति लिएको हो ।
अहिलेसम्म त्यहाँ २६ हजार ४२२ मतगणना भइसकेको छ ।