Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित १० नेता [सूचीसहित]

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० सिट जितेको छ ।

एमालेबाट विभाजित भई बनेको नयाँ पार्टीले प्रतिनिधिसभामा १० सिटमा जित हात पारेको हो । अध्यक्ष माधवकुमार नेपालसहित १० जना उम्मेदवार विजयी भएका छन् । नेपाल रौतहट १ बाट निर्वाचित भएका हुन् ।

त्यस्तै दैलेख-१ बाट अम्मरबहादुर थापा, सल्यान-१ बाट प्रकाश ज्वाला र श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर अछाम-१ बाट निर्वाचित भएका छन् ।

त्यस्तै डोटीबाट प्रेमबहादुर आले, बझाङबाट भानुभक्त जोशी, बारा-४ बाट कृष्णकुमार श्रेष्ठ र वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ-१ बाट विजयी भएका छन् ।

त्यसैगरी दाङ-१ बाट सहरी विकासमन्त्रीसमेत रहेका मेटमणि चौधरी र डोल्पाबाट धनबहादुर बुढा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077