Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पश्चिमबाट 'नागरिक उन्मुक्ति' उदाएपछि प्रचण्ड पुगे डिल्लीबजार कारागार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् ।

बिहीबार साँझ साढे ६ बजे प्रचण्ड र चौधरीबीच ३० मिनेटसम्म भेटवार्ता भएको हो ।

सुदूरपश्चिमबाट निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै पुगेको बुझिएको छ । प्रचण्ड र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभाका दुई सिट जितेको छ । बर्दीयामा उनका बुबाले स्वतन्त्रबाट प्रतिनिधिसभामा जित निकालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा पनि तीन सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077