झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै लगेका छन्।
जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा भइरहेको पछिल्लो मतगणनाको परिणामअनुसार लिङ्देनले ३३ हजार ५३० मत प्राप्त गर्दै आफनो अग्रता कायम राखेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २९ हजार ९३१ मत प्राप्त गरेका छन् ।
सिटौला र लिङ्देनबीच ३ हजार ५९९ मतान्तर रहेको छ ।