Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य एक हजारले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० मा कारोबार भएको सुन एक हजार रुपैयाँले बढेर ९७ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077