Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पराजित भएपछि एमाले महासचिव पोखरेलले दिए रेखा शर्मालाई बधाई

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएकोमा बधाई दिएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी शर्माले पोखरेललाई झिनो मतान्तरले पराजित गरेकी हुन् ।

पराजित भएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत शर्मालाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘मसँगको प्रतिस्पर्धामा विजयी हुनुभएकोमा रेखा शर्मालाई बधाई ।’ पोखरेलले गठबन्धनसँगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले देखाएको सद्भावका लागि सदैव आभारी रहने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077