काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ दोस्रो जीत दर्ता गराएको छ ।
माओवादी केन्द्रबाट रुकुम पूर्वमा उम्मेदवार रहेका पूर्णबहादुर घर्ती मगरले जित हासिल गरेका हुन् ।
लुम्बिनी प्रदेशको पूर्वसभामुखसमेत रहेका घर्ती १२ हजार २६२ मत ल्याइ विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत ल्याए।
घर्ती र मल्लको मतान्तर ७ हजार ५१ छ।
Leave a Reply