Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका प्यानल नै विजयी भएको छ ।

यसअघि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् ।

प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजय भएका हुन् । प्रदेश सभातर्फको १ मा घनश्याम चौधरी विजयी भएका छन् ।

उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए ।

प्रदेश सभातर्फको २मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँद ६ हजार ६१९ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077