इलाम । इलाम–१ मा रोकिएको मतगणना अझै सुरु हुन नसकेपछि सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।
कर्मचारीले जानकारी नै नदिइ ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धनका दलले मतगणना बहिस्कार गरेपछि गएराति ८ बजेदेखि नै यहाँ मतगणना रोकिएको हो । तर, १४ घण्टा वितिसक्दा पनि मतगणना हुन सकेको छैन ।
यो क्षेत्रमा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल उम्मेदवार रहेका छन् । नेता खनाललाई नेकपा एमालेका महेश बस्नेतले पछि पारेका छन् ।
बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।