Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कन्तराले तोड्यो केजीएफ-२ को रेकर्ड

    कन्तराले तोड्यो केजीएफ-२ को रेकर्ड

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 900
    SHARES

    एजेन्सी । कन्नड स्टार ऋषभ शेट्टीको फिल्म ‘कन्तरा’ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ ।

    यो फिल्मले रिलिजको दुई महिनापछि पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।



    फिल्म सेप्टेम्बर ३० मा कन्नड भाषामा रिलिज भएको थियो । फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेरेपछि निर्माताले हिन्दी भर्सनमा पनि रिलिज गरेका थिए ।



    १६ करोडको बजेटमा बनेको यो फिल्मले मंगलबारसम्म बक्सअफिसमा ४ सय करोड रुपैंयाँको आँकडा पार गरिसकेको छ । ४ सय करोड आँकडा पार गर्ने यो दोस्रो कन्नड फिल्म हो ।

    फिल्मले यशको ब्लकबस्टर फिल्म ‘केजीएफ २’को रेकर्ड तोडेको छ । फिल्मले कर्नाटकमा हालसम्म १६८ करोड, तमिलनाडुमा १२ दशमलब ७० करोड, केरलामा १९ दशमलब २०, तेलंगानामा ६० करोड, नर्ड इण्डियामा ९६ करोड र ओभरसिजमा ४४ दशमलब ५० करोड रुपैंयाँ कलेक्सन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार